महाकालीमा बेपत्ता भएको पाँच दिनपछि सशस्त्रका असईको शव भेटियो
धनगढी, असोज २८ । महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता भएको स्थानभन्दा करिब २० मिटर दक्षिणतर्फ थारुको शव फेला परेको हो।
महाकाली नदीमा भत्किएको झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा थारु गत शनिबार बेपत्ता भएका थिए। त्यसयता उनको खोजी भइरहेको थियो। प्रहरीले शवको पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने जनाएको छ।
चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
डडेल्धुरा, असोज २८ । आसन्न दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी डडेल्धुराको प्रमुख नाका स्याउलेमा सवारी साधनहरूको संयुक्त अनुगमन तथा विशेष
१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
भावना पौडेल, डडेल्धुरा, असोज २७ । सानो पुँजी र निरन्तर मेहनतका साथ व्यवसाय सुरु गरेकी द्रोपती चौधरीले डडेल्धुरामा दुई दशकदेखि व्यापार गर्दै आउनुभएको
डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
ममता भट्ट, डडेल्धुरा, असोज २७ । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि डडेल्धुराका किसान यतिबेला खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-

महाकालीमा बेपत्ता भएको पाँच दिनपछि सशस्त्रका असईको शव भेटियो
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने

प्रतिकृया दिनुहोस