१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
भावना पौडेल, डडेल्धुरा, असोज २७ । सानो पुँजी र निरन्तर मेहनतका साथ व्यवसाय सुरु गरेकी द्रोपती चौधरीले डडेल्धुरामा दुई दशकदेखि व्यापार गर्दै आउनुभएको छ। धनगढीमा जन्मिनुभएकी चौधरीले एसएलसी परीक्षा दिएपछि डडेल्धुरा आएर व्यापार सुरु गर्नुभएको हो। सानैदेखि व्यवसाय गर्ने उद्देश्य राख्नुभएकी उहाँ अहिले डडेल्धुरा बसपार्कमा ‘द्रोपती ब्युटी पार्लर एण्ड बुटीक’ सञ्चालन गर्दै आउनुभएको छ।
चौधरीले सुरुमा घरबाट १५ हजार रुपैयाँ ल्याएर व्यवसाय थाल्नुभएको थियो। पहिले ब्युटी पार्लर र कपडा पसल दुवै सञ्चालन गर्नुभएकी उहाँले अहिले भने कपडा पसललाई निरन्तरता दिनुभएको छ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म पसलमा समय बिताउने उहाँ एक्लैले व्यवसाय सम्हाल्दै आउनुभएको छ। पसलको मासिक भाडा १७ हजार रुपैयाँ तिर्ने गर्नुभएकी चौधरीले कपडाका सामान भारतबाट ल्याएर बिक्री गर्दै आउनुभएको छ। उहाँका अनुसार व्यवसायबाट हुने आम्दानी पर्याप्त छ।
व्यवसायमा सफल हुन ठूलो पुँजी मात्रै आवश्यक नपर्ने चौधरीको अनुभव छ। उहाँका अनुसार आफ्नो कामप्रतिको लगाव, आत्मविश्वास र निरन्तर मेहनतले मानिसलाई सफलतातर्फ अघि बढाउँछ। आफूलाई मन परेको पेसा रोज्न सके त्यसमा सफलता हासिल गर्न सहज हुने उहाँ बताउनुहुन्छ।
व्यापारमा ग्राहकसँगको व्यवहारलाई उहाँले विशेष महत्व दिनुहुन्छ। ग्राहकलाई खुसी पार्न सक्नु र उनीहरूसँग राम्रो व्यवहार गर्नु नै व्यवसायलाई अगाडि बढाउने आधार भएको उहाँको बुझाइ छ। ग्राहकसँग भेटघाट र कुराकानी गर्दै व्यापार गर्न पाउँदा आफूलाई रमाइलो लाग्ने उहाँ बताउनुहुन्छ।
व्यवसाय सुरु गर्न चाहनेहरूलाई सीप सिकेर अघि बढ्न उहाँको सुझाव छ। सानो व्यवसाय गर्न चाहनेले पनि आफूले गर्न लागेको कामसम्बन्धी सीप सिक्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ। व्यवसायमा परिवारको सहयोगले पनि हौसला मिल्ने भए पनि सबैभन्दा पहिले आफ्नै आत्मविश्वास बलियो हुनुपर्ने उहाँको भनाइ छ।
डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
ममता भट्ट, डडेल्धुरा, असोज २७ । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि डडेल्धुराका किसान यतिबेला खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने
काठमाडौं, असोज २६ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने
-

गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
-

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट



प्रतिकृया दिनुहोस