डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो

ममता भट्ट, डडेल्धुरा, असोज २७ । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि डडेल्धुराका किसान यतिबेला खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ। वर्षदिनमा एकपटक मात्रै आउने दसैं मनाउन घर फर्किएकाहरु पनि आफन्तहरुसँग भेटघाट संगै खेतबारीमै रमाइरहेका छन्।

अहिले मौसमले पनि साथ नदिदा किसानलाई भने दसैं लागेको अनुभूति हुन सकेको छैन। बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला यहाँका किसान खेतबारीमै देखिन्छन। बिहान सबेरै खेतबारी तथा खरफागला पुग्ने यहाँका किसान साँझ अबेर मात्रै घर पुग्ने गर्दछन्। दसैंभन्दा पनि यहाँका किसानलाई बर्खेबाली भित्र्याउन तथा खर काट्नमै व्यस्त रहेका भागेस्वर  गाउँपालिका ४ कि देबकि भट्टले बताउनु भयो। 

डडेल्धुराको भित्रिमधेस आलिताल परशुरामका किसानलाई पनि आजभोलि धान भित्र्याउनमै दिन जाने गरेको छ। उनीहरुका लागि खेतमै दसैं छ। लगातारको वर्षाका कारण पाकेको धान भित्र्याउन समस्या भईरहेको परसुराम नगरपालिका ४ का किसान यसोदा जोसिले बताउनु भयो । 

वर्षदिनमा एकपटक आउने चाडमा रमाइलो गरि मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय जाने गरेको किसानको भनाइ छ। यो समय यहाँका किसान बढी व्यस्त हुने भएकाले दसैं खासै मनाउन पाउँदैनन्। बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले किसानलाई दसैंतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्तता रहेको अमरगढी नगरपालिका ७ का किसान कल्पना भट्टले बताउनुभयो ।   

यहाँको किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेकाले दसैं मनाउनेभन्दा पनि धेरै समय खेतमै हुन्छ। जिल्लामा सबै भन्दा बढि धान परसुराम नगरपालिकामा एक हजार २ सय ३७ हेक्टर जगगामा फल्छ । त्यहाँ उत्पादन हुने धान अरु पालिकामा पनि आपूर्ति हुने गरेको छ। डडेल्धुरामा ६ हजार एक सय ८८ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो। जिल्लामा गत बर्ष बर्खे धान एक्काईस हजार ४ सय मेट्रिक टन उत्पादन भएको उहाँले बताउनुभयो। 
 

प्रतिकृया दिनुहोस

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी

भावना पौडेल, डडेल्धुरा, असोज २७ । सानो पुँजी र निरन्तर मेहनतका साथ व्यवसाय सुरु गरेकी द्रोपती चौधरीले डडेल्धुरामा दुई दशकदेखि व्यापार गर्दै आउनुभएको

बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने

काठमाडौं, असोज २६ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको

गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा

↑