गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको तीन सभाहल र ३६ कोठासहितको आधुनिक भवनको आइतबार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर २ गणेशपुरमा निर्माण गरिएको भवनको रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरिएको हो । वडा नम्बर २ का अध्यक्ष मनोज देउवाका अनुसार हिन्दु धार्मिक परम्पराअनुसार पूजाआजा गरी भवनको उद्घाटन गरिएको हो ।
यसअघि भाडाको घरबाट प्रशासनिक सेवा दिँदै आएको गाउँपालिकाले गत वर्षदेखि कृषि तथा पशु सेवाको एकीकृत भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो । आफ्नै प्रशासकीय भवन निर्माण भएसँगै सेवाग्राहीलाई सहज हुने र प्रशासनिक कामकाज थप व्यवस्थित हुने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पाँच वटा वडा रहेको गाउँपालिकाका चार वटा वडामा आफ्नै वडा कार्यालय भवन निर्माण भइसकेका छन् । गाउँपालिकामा एमबिबिएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो । २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सङ्घीय सरकारबाट साझेदारीबापतको बजेट समयमै प्राप्त नहुँदा निर्माण कार्य करिब दुई वर्ष ढिलो भएको उहाँले बताउनुभयो ।
भवन निर्माणका लागि छ करोड ५२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनी क्षेत्रफलमा प्रशासकीय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिनुभयो ।
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा
डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस