अत्तरिया बसपार्कमा अपाङ्गता सहायता कक्ष स्थापना
अत्तरिया, असोज २५ । कैलालीको अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सहायता कक्ष स्थापना गरिएको छ । आइतबार नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले दसैँ, दीपावली, छठको अवसरमा प्रहरी, ज्येष्ठ नागरिक समाज, सुप समावेशी आधारभूत विद्यालय लगायतका सरोकारवाला निकायहरू सँगको समन्वय÷सहकार्यमा सहायता कक्ष सञ्चालन गरेको हो ।
अत्तरिया बसपार्कबाट विभिन्न जिल्लामा जाने सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूलाई यातायात व्यवस्था ऐन २०४७ र अपाङ्गता अधिकार नियमावली २०७७ मा भएको कानुनी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सहायता कक्ष स्थापना गरिएको बताइएको छ ।
सहायता कक्षको एक औपचारिक कार्यक्रमका बिच नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया प्रहरी उपरीक्षक नवराज कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले यातायात तथा अपाङ्गता सम्बन्धी भएका ऐन कानुन कार्यान्वयनमा ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए ।
नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै
कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस