बूढीगण्डकी बाढी : अहिलेसम्म ३६ जनाको उद्धार
काठमाण्डौ, असोज २५ । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रबाट अहिलेसम्म ३६ जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९ तथा यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ र पायुबाट १२ जनाको उद्धार भएको छ ।
बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन रहेका प्रारम्भिक विवरण छ । सम्पर्कविहीन हुनेमा पाँच जना चौँरी गोठालासमेत रहेका छन् ।
बाढी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान गरेको छ । महाशाखाले बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।
उद्धारमा सेनाका ४ वटा हेलिकप्टर परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै
कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस