औल झर्दै भेडीगोठ
बाजुरा, असोज २५ । बाजुराको पूर्वी भेगको लेकमा रहेका भेडीगोठ औल झर्न थालेका छन्। हिमाली भेगमा चिसो बढेसँगै भेडीगोठ बिस्तारै औलबेँसी झर्न थालेका हुन्। चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयामको समय फेरि त्यहाँ तातो बढेसँगै भेडीगोठ लेकमा लैजाने प्रचलन छ। चिसोमा भेडालाई चरिचरन गर्न समस्या हुने भएपछि अहिले ती भेडीगोठ औल सार्ने गरेको स्थानीय रामबहादुर रोकायाले बताउनुभयो।
बाजुरामा ६७३ घरपरिवारको करिब ४२ हजार भेडा रहेका बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताउनुभयो। “हिमालीको १३८ परिवारका छ हजार, स्वामीकार्तिकको ११५ परिवारका आठ हजार, जगन्नाथको १२० परिवारका सात हजार २९ र बुढीनन्दाको तीन सय परिवारका करिब २० हजार भेडाबाख्रा छन्,” उहाँले भन्नुभयो।
गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु
डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत
सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै
कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

डडेल्धुरामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर हुने
-

सर्वोच्चले दिएन अन्तरिम आदेश, सुदूरपश्चिममा बजेट ल्याउने बाटो खुल्यो
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा





प्रतिकृया दिनुहोस