चाडपर्वमा पनि व्यापार सुस्त

डडेल्धुरा, असोज २४ । दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा समेत डडेल्धुराका व्यापारीले व्यापारमा अपेक्षाअनुसार सुधार आउन नसकेको बताएका छन्। चाडपर्वलाई लक्षित गरी सामानको व्यवस्था गरे पनि ग्राहकको चहलपहल र बिक्री बढ्न नसकेको उनीहरूको भनाइ छ।

कपडा व्यवसायी अञ्जु गैरेले चाडपर्वको समयमा व्यापार बढ्ने अपेक्षा गरिए पनि कारोबार सन्तोषजनक नरहेको बताउनुभयो।

त्यस्तै, अर्की कपडा व्यवसायी द्रोपती चौधरीले पनि विगतका वर्षको तुलनामा यसपटक चाडपर्वमा कपडाको व्यापार अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो।

कपडा व्यवसायमा मात्रै नभई सुनचाँदीको कारोबारमा समेत सुधार आउन नसकेको व्यापारीहरूको भनाइ छ। सुनचाँदी व्यवसायी प्रविन पौडेलले चाडपर्वका बेला गरगहनाको माग बढ्ने अपेक्षा गरिए पनि कारोबार उत्साहजनक नरहेको बताउनुभयो।

चाडपर्वको समयमा व्यापार बढ्ने आशा राखेका व्यापारीहरू यसपटक भने निराश देखिएका छन्। बजारमा व्यापार सुस्त हुँदा चाडपर्वको बाँकी अवधिमा कारोबार बढ्ने अपेक्षामा व्यापारीहरू रहेका छन्।
 

प्रतिकृया दिनुहोस

गन्यापधुराको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

डडेल्धुरा:डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँभन्दा बढी लागतमा

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोड बजेट

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।  यसअघि असार १ गते प्रस्तुत

सुदूरपश्चिममा सात कोल्ड स्टोरको निर्माण अधुरै

कैलाली, असोज २५ । सुदूरपश्चिम प्रदेश सरकारले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरेका शीतभण्डार कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन

↑