सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
धनगढी, असोज २१ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याउने तयारी गरिरहेका बेला बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाउसहित विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतले निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने भए त्यसको आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिममार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको छ ।
निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा भने सर्वोच्चले दुवै पक्षलाई राखेर छलफल गर्न उपयुक्त हुने ठहर गरेको छ। त्यसका लागि आगामी असोज २३ गतेको पेशीमा प्राथमिकताका साथ मुद्दा पेस गर्न आदेश दिइएको छ।
साथै विपक्षीहरूलाई अदालतले आजै विद्युतीय माध्यमबाट तत्काल म्याद तामेल गरी नियमानुसार पेश गर्न भनेको छ । अधिवक्ता उपाध्यायले सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो बजेट पारित वा अस्वीकृत नभई पुनः अर्को बजेट ल्याउन लागेको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
आजै चालू आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारीबीच सर्वोच्चको आदेश आएसँगै नेपाली कांग्रेसले मुद्दाको टुंगो नलागेसम्म अघि बढ्न नहुने अडानसहित सददन बहिष्कार गरेको छ । सरकार पनि कानुनी परामर्शमा जुटेको छ ।
आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि आज बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
धनगढी, असोज २१ । लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले अन्ततः चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट आज (बुधवार) प्रदेशसभामा
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
काठमाडौं, असोज २० । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया
झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
भावना पौडेल, डडेल्धुरा, असोज २० । डडेल्धुराको अमरगढी नगरपालिका –५ तुफानडाँडाकी गौरी ऐरले झोला उत्पादन गरेर मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्दै
-

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
-

सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चको कारण देखाऊ आदेश, बजेट प्रक्रिया रोकियो
-

सञ्चालनमा नआउँदै जीर्ण बन्दै बार्जुकोट भ्यूटावर
-

दार्चुलामा पहिरो प्रभावित १२ परिवारका लागि टेन्टका घर निर्माण
-

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी



प्रतिकृया दिनुहोस