झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
भावना पौडेल, डडेल्धुरा, असोज २० । डडेल्धुराको अमरगढी नगरपालिका –५ तुफानडाँडाकी गौरी ऐरले झोला उत्पादन गरेर मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। अमरगढी नगरपालिका –४ भलीया घर भएकी २९ वर्षीया ऐरले दुई वर्षदेखि ‘प्रगतिशील महिला लघुउद्यमी झोला समूह’ सञ्चालन गर्दै आउनुभएको हो।
नगरपालिकाबाट डेढ महिनाको तालिम लिएपछि उहाँले झोला उत्पादन सुरु गर्नुभएको हो। व्यवसाय सुरु गर्दा नगरपालिकाले कपडा र मेसिनसमेत उपलब्ध गराएको उहाँले बताउनुभयो। सुरुमा पाँच जना महिला आबद्ध रहेको समूहमा अहिले भने ऐर एक्लैले व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ।
ऐरले टिफिन ब्याग, साइड ब्याग, स्कुल ब्याग र जेब्रा ब्यागलगायतका झोला उत्पादन गर्दै आउनुभएको छ। एउटा झोला तयार गर्न करिब चार घण्टा लाग्ने भएकाले दैनिक दुईदेखि तीन वटासम्म झोला उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो। उत्पादित झोलाको डडेल्धुरासँगै बैतडीसम्म पनि माग आउने गरेको उहाँको भनाइ छ।
झोला बनाउन आवश्यक कच्चा पदार्थ भने डडेल्धुरामा सहज रूपमा उपलब्ध नहुँदा धनगढीबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। हालको मेसिनले काम चलिरहेको भए पनि आगामी दिनमा थप लगानी र नयाँ सीप सिकेर व्यवसाय विस्तार गर्ने उहाँको योजना छ।
झोला उत्पादनबाट भएको आम्दानीले घरखर्च चलाउन सहज भएको ऐरले बताउनुभयो। परिवारको सहयोगसमेत रहेकाले आफू आफ्नो पेशाप्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ। ऐरले अन्य महिलालाई पनि सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ। झोला बनाउन सिक्न चाहने महिलालाई आफूले समेत सीप सिकाउन तयार रहेको उहाँले बताउनुभयो।
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
काठमाडौं, असोज २० । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया
दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु
दार्चुला, असोज २० । दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुस्थित दार्चुला खलगां देखि फाप्ला जाँदै गरेको
सुदूरपश्चिम सरकारले भोलि बजेट ल्याउने
धनगढी, असोज २० । सुदूरपश्चिम प्रदेश सरकारले भोलि ९बुधबार० प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पेश गर्ने तयारी गरेको छ। अहिले बजेट









प्रतिकृया दिनुहोस