दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

दार्चुला, असोज २० । दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुस्थित दार्चुला खलगां देखि फाप्ला जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९९ नम्बरको जिपको ढोकाबाट खस्दा सोहि ठाउँका ३९ वर्षीय विक्रम सामन्तको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलबार चलिरहेको बेला जिपको दायाँ पट्टिको ढोका आफै खुलेर लड्दा उनी घाइते भएका थिए। घाइते सामन्तको उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

प्रहरीले चालक दार्चुलाको मालिकार्जुज गाउँपालिका–२ का नरेन्द्र धामीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं, असोज २० । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया

झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर

भावना पौडेल, डडेल्धुरा, असोज २० । डडेल्धुराको अमरगढी नगरपालिका –५ तुफानडाँडाकी गौरी ऐरले झोला उत्पादन गरेर मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्दै

सुदूरपश्चिम सरकारले भोलि बजेट ल्याउने

धनगढी, असोज २० । सुदूरपश्चिम प्रदेश सरकारले भोलि ९बुधबार० प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पेश गर्ने तयारी गरेको छ। अहिले बजेट

↑