सुदूरपश्चिम सरकारले भोलि बजेट ल्याउने
धनगढी, असोज २० । सुदूरपश्चिम प्रदेश सरकारले भोलि ९बुधबार० प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट पेश गर्ने तयारी गरेको छ। अहिले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न आजै प्रदेशसभामा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।
सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार सबै मन्त्रालयले योजना तथा कार्यक्रम पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार गर्ने लगायतका अन्तिम प्राविधिक काम भइरहेको उनले बताए।
‘सबै मन्त्रालयले योजना पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार गर्ने तथा अन्य अन्तिम प्राविधिक काम भइरहेको छ,’ मन्त्री रावलले भने।
बजेट पेश गर्ने तयारीसँगै प्रदेशसभामा पनि त्यसको चहलपहल बढेको छ। आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख भीम भण्डारीले जानकारी दिए।
उनका अनुसार बैठकमा भोलि बजेट प्रदेशसभामा पेश गर्ने तथा त्यसपछि सञ्चालन हुने बैठकको कार्यसूची र प्रक्रियाबारे छलफल हुनेछ।
यसअघि तत्कालीन प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेको थियो। तर, बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश लामो समयदेखि बजेटशून्यताको अवस्थामा छ।
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
काठमाडौं, असोज २० । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया
झोला बनाएर मासिक २० हजार आम्दानी गर्दै अमरगढीकी गौरी ऐर
भावना पौडेल, डडेल्धुरा, असोज २० । डडेल्धुराको अमरगढी नगरपालिका –५ तुफानडाँडाकी गौरी ऐरले झोला उत्पादन गरेर मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्दै
दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु
दार्चुला, असोज २० । दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुस्थित दार्चुला खलगां देखि फाप्ला जाँदै गरेको









प्रतिकृया दिनुहोस