दार्चुलामा पहिरो प्रभावित १२ परिवारका लागि टेन्टका घर निर्माण
दार्चुला, असोज १६ । दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित पहिरो प्रभावित परिवारका लागि सुरक्षित स्थानमा टेन्टका घर निर्माण गरिएको छ। वर्षाका कारण जमिन धसिएपछि मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्ती विस्थापित भएको थियो।
बस्ती विस्थापित भएपछि सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको विपत् शाखा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा १२ परिवारका लागि टेन्टका घर निर्माण गरी तत्कालका लागि बस्ती पुनस्र्थापना गरिएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिनुभयो। पहिरो प्रभावित बस्ती नजिकैको सुरक्षित स्थानमा प्रभावित परिवारलाई सारिएको उहाँले बताउनुभयो।
पहिरोले बस्ती विस्थापित भएपछि गाउँपालिकाका अध्यक्ष धामीले पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउनुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बस्ती पुनस्र्थापनाका लागि ४० थान टेन्ट र ६० थान कम्बल उपलब्ध गराएको अध्यक्ष धामीले जानकारी दिनुभयो।
भूस्खलनपछि मडगाउँका २५ परिवार प्रभावित भएका छन्। जमिन निरन्तर धसिँदै गएपछि मडगाउँको पूरै बस्ती विस्थापित भएको उहाँले बताउनुभयो। बस्तीका अधिकांश घर चर्किएपछि स्थानीयलाई सुरक्षित स्थानमा टेन्टका घर निर्माण गरी सारिएको छ। अध्यक्ष धामीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई बस्तीको सुरक्षा जोखिम न्यूनीकरण तथा संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउनसमेत माग गर्नुभएको छ।
उहाँले जमिन भासिएको क्षेत्रमा प्रदेश सरकारबाट प्राविधिक तथा भौगर्भिक अध्ययन गराई जोखिमको अवस्था पहिचान गर्न र प्रभावित परिवारको क्षतिको विस्तृत मूल्याङ्कन गरी स्थायी पुनस्र्थापनाको व्यवस्था गर्न माग गर्नुभएको छ। प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा जोखिम न्यूनीकरण र बस्ती संरक्षणका कार्यक्रम प्रदेश सरकारमार्फत सञ्चालन गर्न प्रभावित नागरिकले माग गरेका छन्।
मडगाउँस्थित खर्क बस्तीका १८ वटा घर पूर्ण रूपमा भत्किएका छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार तत्कालका लागि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। थप राहतका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आवश्यक पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो।
सुरु भयो थारु समुदायमा दसैंको तयारी
धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको
सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना
महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता
स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बोर्डले सूचना निकालेर










प्रतिकृया दिनुहोस