डडेल्धुरामा आत्महत्याको दर बढ्दो, तीन वर्षमा ८२ जनाले ज्यान गुमाए
भावना पौडेल, डडेल्धुरा, असोज ४ । डडेल्धुरामा आत्महत्या गर्नेको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा २२ जनाले आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा पुरुष ९, महिला ९ र बालबालिका ४ जना रहेका थिए।
यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा आत्महत्या गर्नेको संख्या बढेर ३० पुगेको छ। जसमा पुरुष १५, महिला १० र ५ बालबालिकाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०८२÷८३ मा पनि ३० जनाले आत्महत्या गरेका छन्। जसमा पुरुष १६, महिला १० र बालबालिका ४ जना रहेका छन्।
चालु आर्थिक वर्षमा हालसम्म डडेल्धुरामा ५ जनाले आत्महत्या गरिसकेका छन्। आत्महत्या गर्नेमा २ पुरुष र ३ महिला रहेका छन्। तथ्याङ्कले पछिल्ला वर्षमा आत्महत्याको घटना केही बढ्दो क्रममा रहेको देखाएको छ।
आत्महत्या गर्नेमा विशेषगरी १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको प्रहरीको भनाइ छ। मानसिक समस्या, प्रेम सम्बन्धमा आउने समस्या तथा पारिवारिक द्वन्द्वलगायतका कारण आत्महत्याका घटना हुने गरेको पाइएको छ। जिल्लाका अन्य स्थानीय तहको तुलनामा परशुराम नगरपालिकामा आत्महत्याका घटना बढी हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार आत्महत्याको जोखिममा रहेका व्यक्तिमा एकान्तमा बस्न मन पराउने, अरूसँग बोल्न नरुचाउने, खानामा रुचि नदेखाउनेलगायतका व्यवहार देखिन सक्छन्। यस्ता लक्षण देखिएमा परिवारका सदस्यले समयमै ध्यान दिएर स्वास्थ्य जाँच तथा आवश्यक परामर्शको व्यवस्था गर्न सके आत्महत्याका घटना रोक्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
आत्महत्या न्यूनीकरणका लागि प्रहरी प्रधान कार्यालयले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना जारी गरिसकेको छ। देशका ७७ वटै जिल्लामा कार्ययोजना लागू गर्ने उद्देश्यअनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा समेत आत्महत्या न्यूनीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयनको चरणमा रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो।
भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए
काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका
बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश
बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ










प्रतिकृया दिनुहोस