बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश
बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्।
बारीमा स्याउ पाकिसकेको अवस्थामा बजारसम्म पुर्याउन नसक्दा कुहिने वा बोटमै झर्ने जोखिम बढेको किसानको भनाइ छ।
बाजुरामा करिब ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। जिल्लामा वार्षिक १ हजार १ सय ३७ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको तथ्यांक छ। पाँच वर्षयता बाजुराको स्याउ आफ्नै ब्रान्डसहित बजारमा जान थाले पनि किसानले उत्पादनअनुसारको मूल्य पाउन सकेका छैनन्।
यस वर्ष व्यापारीहरू किसानका बारीमै पुगेर स्याउ खरिद गरिरहेका छन्। तर वर्षाका कारण मार्तडी–कोल्टी सडकखण्डका विभिन्न ठाउँमा क्षति पुगेपछि बगैँचाबाट सडकसम्म स्याउ ढुवानी गर्नसमेत कठिन भएको छ। विगतमा सुदूरपश्चिम प्रदेश सरकारले बगैँचाबाट सडकसम्म स्याउ पुर्याउन उपलब्ध गराउँदै आएको ढुवानी रकम यस वर्ष बजेट अभावका कारण निरन्तर हुन सकेको छैन।
बुढीनन्दा नगरपालिका–९ का उज्जल रावतले स्याउ खेतीबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी भइरहेको बताए। तर बजारसम्म उत्पादन पुर्याउन नसकिए भविष्यमा स्याउ खेतीप्रति किसानको आकर्षण घट्ने उनको भनाइ छ।
किसानका अनुसार अहिले उत्पादन प्रविधिभन्दा भण्डारण, सडक र बजार व्यवस्थापन मुख्य आवश्यकता बनेको छ। स्वामीकार्तिक खापर–३ का ओमजंग शाहीले ढुवानी खर्च अत्यधिक हुँदा गत वर्ष बोटबाटै प्रतिकिलो १५ देखि २० रुपैयाँमा स्याउ बिक्री गर्नुपरेको बताए।
किसानले सरकारी अनुदान वितरणमा कागजी झन्झट र पहुँचको समस्या रहेको गुनासो गरेका छन्। साथै, पछिल्ला वर्षमा तापक्रम बढ्दा पुराना स्याउ बगैँचामा उत्पादन घट्न थालेको उनीहरूको भनाइ छ।
किसानले अब नयाँ बगैँचा विस्तारसँगै सडक, ढुवानी अनुदान, चिस्यान भण्डारण केन्द्र र बजार व्यवस्थापनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। उत्पादन बढाएर मात्र किसानको आम्दानी नबढ्ने भएकाले उत्पादित स्याउको उचित मूल्य र बजार सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ।
भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए
काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका
बजेट पुनर्लेखनमै अल्झियो सुदूरपश्चिम, असोजभित्र ल्याउने तयारी
धनगढी, असोज ३ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३, ०८४ को बजेट अझै ल्याउन सकेको छैन । नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि प्रदेश









प्रतिकृया दिनुहोस