आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा
काठमाण्डौ, असोज ३ । यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा। विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ ।
यस्तै आजै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाति आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्नब हुने र यसको प्रभाव नेपालमा असोजको ८, ९ र १० मा पर्ने देखिने उल्लेख गर्नुभएको छ । ती तीन दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रस्टसँग निर्क्योल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
मौसमविद्हरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो । यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भई नसकेको जनाएको छ ।
महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ । यद्यपि, असोज ६ गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरु भई हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ ।
मौसमविद्हरूका अनुसार यो प्रणालीका कारण पहाड र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाण्डौ उपत्यकामा वर्षाको सम्भावना बढी छ । प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए
काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका
बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश
बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ









प्रतिकृया दिनुहोस