संविधान दिवसको अवसरमा अमरगढी किल्लामा राष्ट्रिय फूल लालीगुराँस वृक्षारोपण
डडेल्धुरा, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय एकता दिवसका अवसरमा डडेल्धुराको अमरगढी किल्लामा राष्ट्रिय फूल लालीगुराँस वृक्षारोपण गरिएको छ।
राष्ट्रिय फूल लालीगुराँसको संरक्षण तथा संवद्र्धन गर्नुका साथै राष्ट्रिय एकताको भावना प्रवद्र्धन गर्ने उद्देश्यले कर्मचारी मिलन केन्द्र डडेल्धुराको आयोजनामा लालीगुराँस वृक्षारोपण कार्यक्रम गरिएको हो। कर्मचारी मिलन केन्द्रले विगत वर्षदेखि नै संविधान दिवस तथा राष्ट्रिय एकता दिवसका अवसरमा डडेल्धुरा सदरमुकाम क्षेत्रमा लालीगुराँसका बिरुवा रोप्दै आएको छ।
डडेल्धुरा सदरमुकाम क्षेत्रलाई लालीगुराँसमय बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको वृक्षारोपण कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा निरन्तरता दिँदै संरक्षण र संवद्र्धनमा जोड दिइएको छ।
लालीगुराँस नेपालको राष्ट्रिय फूल भएकाले यसको संरक्षण र विस्तारमा सरकारी निकाय, कर्मचारी, स्थानीय समुदाय तथा नागरिक समाजलगायत सबैको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए
काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका
बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश
बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ









प्रतिकृया दिनुहोस