संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ ; प्रधानमन्त्री शाह

काठमाण्डौ, असोज ३ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दाबी पनि गर्नुभयो । २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो ।

दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशमार्फत् संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनुभएको छ । शुभकामना सन्देशमार्फत् उहाँले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए

काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा

दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका

बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश

बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ