जमिन धसिएपछि मडगाउँको खर्कबस्ती विस्थापित
दार्चुला, असोज १ । निरन्तर जमिन धसिँदै गएपछि दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्कबस्ती विस्थापित भएको छ । लगातार जमिन धसिएर घरहरू चर्किएपछि खर्कबस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो । महाकाली नदी किनार नजिकै रहेको उक्त बस्तीका अधिकांश घरमा मानिस बस्न सक्ने अवस्था नरहेपछि तत्कालका लागि पूरै बस्तीलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।
अहिले पनि जमिन धसिने क्रम नरोकिएको उपाध्यक्ष कुँवरले बताउनुभयो । उहाँका अनुसार खर्कबस्तीका १८ वटा घर पूर्णरूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन् । बस्तीका अन्य घरसमेत चर्किएको अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
बस्तीका मानिसलाई सुरक्षित स्थानमा राखेर तत्कालका लागि गाउँपालिकाले टेन्टको व्यवस्था गरेको छ । दुई–तीन वटा घरबाट अन्नपातसमेत निकाल्न नसकिएको अवस्थामा रहेकाले प्रभावित परिवारमा खाद्यान्नको समस्या सिर्जना भएको उपाध्यक्ष कुँवरले बताउनुभयो ।
बस्तीका घरमा पूर्णरूपमा क्षति भई मानिस बस्न सक्ने अवस्था नरहेपछि पुनर्निर्माण, राहत तथा बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराइसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।
खर्कबस्तीको जमिन धसिएर पूर्णरूपमा असुरक्षित बनेपछि गाउँपालिकाले क्षतिको विवरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको उपाध्यक्ष कुँवरले बताउनुभयो । तत्काल मानिस र पशुधन जोगाउन स्थानीयलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण जमिन धसिँदै गएपछि बस्ती जोखिममा परेसँगै स्थानीय त्रसित बनेका छन् । बस्ती जोखिममा परेकाले तत्काल स्थलगत निरीक्षण गरी जोखिमको मूल्याङ्कन गर्नुपर्ने र प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यास गाउँपालिका–४ का वडाध्यक्ष झुनसिंह विष्टले बताउनुभयो ।
मडगाउँस्थित खर्कबस्ती जोखिममा परेपछि मङ्गलबारको प्रतिनिधिसभा बैठकमा दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बस्ती स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए
काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका
बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश
बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ









प्रतिकृया दिनुहोस