सम्पर्कविहीनका आफन्तले काजक्रिया गर्न थाले
बाजुरा, भदौ ३१ । बाजुराका सम्पर्कविहीन व्यक्ति लामो समयसम्म फेला नपरेपछि उनीहरूका आफन्तले काजक्रिया गर्न थालेका छन्। सम्पर्कविहीन भएको २० दिनसम्म पनि कतै फेला नपरेपछि आफन्तले हिन्दू धर्मअनुसार काजक्रिया सुरु गरेका हुन्।
सम्पर्कविहीन मोहनलाल रोकायाकी श्रीमती जमुना रोकायाका अनुसार उहाँका श्रीमान् सम्पर्कविहीन भएको २० दिन भइसकेको छ। अझैसम्म फेला नपरेपछि उहाँले पनि काजक्रिया गर्ने तयारी गर्नुभएको छ।
यता हिमाली गाउँपालिका–४, फैतीका बिसी पाण्डेलगायत सम्पर्कविहीन भएका दुई–चार जनाका आफन्तले भने काजक्रिया गरिसकेका छन्।
भोटेकोशी नदीमा आएको बाढीपछि बाजुराका १६ जना सम्पर्कविहीन भएका थिए। उनीहरू रसुवाको टिमुरेमा बसोबास तथा काम गर्दै आएका थिए। भदौ १० गते आएको बाढीपछि उनीहरू टिमुरेबाट सम्पर्कविहीन भएका हुन्।
बाढीपछि उनीहरूको अहिलेसम्म न सास न लास फेला परेको छ। सम्पर्कविहीनका आफन्तले विभिन्न ठाउँमा खोजी गरे पनि उनीहरू फेला पर्न सकेका छैनन्।
हिमाली गाउँपालिका–६ का दीपे सार्कीकी श्रीमती मनसरी सार्कीले श्रीमान् सम्पर्कविहीन भएपछि धेरै ठाउँमा खोजी गरे पनि अहिलेसम्म न लास न सास फेला परेको बताउनुभयो।
केही दिनसम्म श्रीमान् भेटिने आशा रहे पनि धेरै ठाउँमा खोजी गर्दा नभेटिएपछि आशा निराशामा परिणत भएको उहाँले बताउनुभयो। त्यसपछि डीएनए परीक्षण गराएको उहाँको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका–६ का ५३ वर्षीय शेरसिंह रोकाया, १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीया आराम नेपाली, ३३ वर्षीया उजना दमाई, ३२ वर्षीय मोहनलाल रोकाया, ३२ वर्षीय विक्रम भण्डारी, ४५ वर्षीय दीपे सार्की, ५५ वर्षीय बिसी पाण्डे र हिमाली गाउँपालिका–४ का १८ वर्षीय चन्द्र सार्की अझै सम्पर्कविहीन छन्।
त्यसैगरी, स्वामीकार्तिक खापर गाउँपालिका–४ का ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिका–६ का २९ वर्षीय मुकेश दमाई पनि अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन भएको करिब २० दिनसम्म पनि उनीहरू फेला परेका छैनन्। सम्पर्कविहीन भएका केहीका आफन्तले डीएनए परीक्षणसमेत गराएका छन् भने केहीले काजक्रिया गरेका छन्।
सम्पर्कमा नआएका हिमाली गाउँपालिका–६ का विक्रम भण्डारीको जिल्ला अस्पताल बाजुरामा र दीपे सार्कीको काठमाडौँमा डीएनए परीक्षण गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताउनुभयो। प्रहरी प्रशासन र आफन्तले खोजी कार्य जारी राखे पनि उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताउनुभयो।
भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए
काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका
बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश
बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ









प्रतिकृया दिनुहोस