भोटेकोशी बाढीपीडितका लागि माउन्टेन बोर्डिङ स्कुलको सहयोग

डडेल्धुरा, भदौ ३१ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि माउन्टेन इङ्ग्लिस मिडियम बोर्डिङ स्कुल अमरगढी –५ डडेल्धुराले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितको जनजीवन सामान्य बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटौती गरी उक्त रकम संकलन गरेका हुन्। 

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल महेश महराले जानकारी दिनुभयो। उहाँले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएकाले विद्यालय परिवारले आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो। 

सहयोगले विद्यार्थीहरूमा मानवीय भावना, सामाजिक उत्तरदायित्व र विपद्का बेला एकअर्कालाई सहयोग गर्ने संस्कारको विकास गर्न समेत मद्दत पुग्ने उहाँको भनाइ छ। विद्यालयले सहयोग गर्ने सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरेको छ।
 

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीमा एक हजार ४३६ शव भेटिए

काठमाडौँ, असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा

दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

कैलाली, असोज ४ । आर्थिक वर्ष २०८३÷८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका

बजार र सडक अभावले बाजुराका स्याउ किसान निराश

बाजुरा, असोज ३ । उत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान समस्यामा परेका छन्। बारीमा स्याउ