डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा केसी–मल्लको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधिसँगै विजेता केसी र मल्लको जोडीले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै, उपविजेता बोहरा र ऐरको जोडीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बोहरा र ऐरले प्राप्त गरेको १० हजार रुपैयाँ भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले आपसी भाइचाराको विकास गर्नुका साथै स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ रहन र शारीरिक तथा मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको उल्लेख गर्नुभयो।
जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो। जिल्ला खेलकुद समितिको आयोजनामा समितिकै कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो। सहभागी टिमलाई चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। 

प्रतिकृया दिनुहोस

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई

रसुवा बाढी : ३ हजार बढी डीएनए संकलन

काठमाडौ, भदौ २८ । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ । नेपाल प्रहरीका