दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन मृतकका आफन्तले माग गरेका छन् । 

बालकको हत्या मिलेमतोमा भएको जिकिर गर्दै उनीहरुले घटनामा संलग्न सबैमाथि कारबाहीको माग गरेका हुन् । पीडित पक्षले तनुजको हत्या गाउँकै एउटा परिवारको मिलेमतोमा २५ वर्षीय खगेन्द्र कठायतले गरेको जिकिर गरेका छन् । 

घटनामा गाउँकै दिलखुश चौधरी, उहाँकी श्रीमती शुकनीदेवी र नाबालक छोराको संलग्नता रहेको मृतकका बुबा निमराज चौधरीले बताउनुभयो । उहाँका अनुसार घटना हुनुभन्दा अगाडि शुकनीदेवी र खगेन्द्रबिच फोनमा कुराकानी भइरहन्थ्यो । 

पीडित पक्षका अनुसार रोपाइँ गर्ने ठाउँमा दिलखुश, खगेन्द्र र त्यहाँ काम गर्ने अरुले गँगटाका परिकार र रक्सी खाएका थिए । साँझ घर फर्कने बेलामा अरु फरक–फरक बाटो लागे पनि खगेन्द्र, तनुज र दिलखुशका छोरालाई संगै घर फिर्ता पठाएका थिए । यद्यपि, १५ वर्षीय बालक जो मृतकका साथी पनि थिए, उनले तनुजलाई जङ्गलमा खगेन्द्रसँगै छोडेर घर फर्केको पीडित पक्षको भनाइ छ ।  

तनुज घर नफर्केपछि अभिभावकले दिलखुश र खगेन्द्रको घरमा पटक–पटक सोधपुछ गरेका थिए । तीन दिनपछि गाउँ नजिकैको सामुदायिक वनमा ढुङ्गाले हिर्काएर विभत्स हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको थियो । 

खगेन्द्रले घटनाको बारेमा दिलखुश र उनकी श्रीमतीलाई पहिले नै जानकारी गराइसकेको भए पनि उनीहरुले घटना लुकाउने, ढाकछोप गर्ने कार्य गरेको पीडित पक्षको आरोप छ । 

मृतककी आमा राधाले छिमेकी परिवारको संलग्नतामा आफ्नो छोराको हत्या भएको भन्दै उनीहरु सबैलाई कारबाहीको माग गर्नुभएको छ । 

धनगढी उपमहानगरपालिका र गौरीगङ्गा जोड्ने सिमानामा रहेको कालिका सामुदायिक वनमा विभत्स हत्या गरिएको अवस्थामा तनुजको शव भेटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दिलखुश, १५ वर्षीय बालक र खगेन्द्रका बुबा टेक कठायतसहित स्थानीय एक व्यक्तिलाई समेत सुरुमै पक्राउ गरेको थियो ।

हत्यामा संलग्न रहेको पुष्टि हुन नसकेपछि तीन दिनपछि आरोपितहरु छुटेका थिए । खगेन्द्र भने घटनापछि फरार भएका थिए । भारततर्फ भाग्दै गरेको अवस्थाबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । हत्याका अभियुक्तलाई पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालयले साउनमै कारागार चलान गरिसकेको छ । 
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

रसुवा बाढी : ३ हजार बढी डीएनए संकलन

काठमाडौ, भदौ २८ । रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ । नेपाल प्रहरीका