बजेट निर्माणको तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार
धनगढी, भदौ २८ । सुदूरपश्चिम प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको छ। प्रदेश सभामा चाँडै बजेट प्रस्तुत गर्ने गरी सरकार बजेट निर्माणको तयारीमा जुटेको हो। चालु आर्थिक वर्षको बजेट पास हुन नसकेपछि यो प्रदेश दुई महिनादेखि बजेटविहीन छ। बजेट शून्यताका कारण विकासनिर्माणलगायत प्रदेश सरकारका विभिन्न कार्य ठप्प छन्। यसअघि फेल भएको बजेटलाई पुनरवलोकनसमेत गरेर नयाँ बजेट बनाउने प्रदेश सरकारको तयारी छ।
यसैबिच शनिबार बसेको मन्त्रीपरिषद् बैठकले बजेट निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने निर्णय गरेको छ। बैठकले बजेटको पुनरवलोकन तथा परिमार्जनसहित पुनर्लेखन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो। बजेट पुनर्लेखन प्रक्रिया तत्काल अगाडि बढाउनका लागि आर्थिक मामिला मन्त्रालयलाई तत्काल अधिकार प्रदान गर्ने निर्णय सरकारले गरेको छ।
यसअघि नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो तर सरकार अल्पमतमा परेपछि सो बजेट प्रदेश सभाबाट पारित हुन सकेन। तत्कालीन सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि सत्ता साझेदारी टुटेको थियो।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस