राप्रपा डडेल्धुराको अध्यक्षमा भण्डारी, संगठन विस्तारमा जोड

डडेल्धुरा, भदौ २७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको नेतृत्वमा राजेन्द्र भण्डारी पुनः दोहोरिएका छन्। शनिबार सम्पन्न पार्टीको ७औँ जिल्ला अधिवेशनले भण्डारीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट भण्डारीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर सेडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्।

दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएपछि भण्डारीले जिल्लामा पार्टी संगठनलाई थप मजबुत बनाउने बताएका छन्। उनले राप्रपाका विचार, नीति र सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याउँदै वडा र टोल तहसम्म संगठन विस्तारलाई प्राथमिकता दिने बताए।

भण्डारीले जिल्लामा हुने बेथिति तथा अनियमितताको विषयलाई उठाउँदै जनताका समस्या र सवालमा पार्टीले प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनका अनुसार राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति र राष्ट्रिय एकताको पक्षमा राप्रपाको विचारलाई जिल्लामा थप स्थापित गर्न नयाँ कार्यसमिति सक्रिय हुनेछ।

अध्यक्ष भण्डारीले पार्टीलाई थप सशक्त, प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संगठन विस्तारसँगै जनतासँगको सम्बन्धलाई बलियो बनाउने रणनीति अघि सारेको छ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्रीले आज शपथ लिँदै

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन्। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा

प्रधानमन्त्री बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

काठमाडौं, चैत १३। प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समारोहमा सहभागी

बालेन नेतृत्वको मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री 

काठमाडौं, चैत १३ ।। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् । कानून, न्याय तथा संसदीय