राप्रपा डडेल्धुराको अध्यक्षमा भण्डारी, संगठन विस्तारमा जोड
डडेल्धुरा, भदौ २७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको नेतृत्वमा राजेन्द्र भण्डारी पुनः दोहोरिएका छन्। शनिबार सम्पन्न पार्टीको ७औँ जिल्ला अधिवेशनले भण्डारीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट भण्डारीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर सेडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्।
दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएपछि भण्डारीले जिल्लामा पार्टी संगठनलाई थप मजबुत बनाउने बताएका छन्। उनले राप्रपाका विचार, नीति र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउँदै वडा र टोल तहसम्म संगठन विस्तारलाई प्राथमिकता दिने बताए।
भण्डारीले जिल्लामा हुने बेथिति तथा अनियमितताको विषयलाई उठाउँदै जनताका समस्या र सवालमा पार्टीले प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनका अनुसार राष्ट्र, राष्ट्रियता, सनातन हिन्दू संस्कृति र राष्ट्रिय एकताको पक्षमा राप्रपाको विचारलाई जिल्लामा थप स्थापित गर्न नयाँ कार्यसमिति सक्रिय हुनेछ।
अध्यक्ष भण्डारीले पार्टीलाई थप सशक्त, प्रभावकारी र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संगठन विस्तारसँगै जनतासँगको सम्बन्धलाई बलियो बनाउने रणनीति अघि सारेको छ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस