जनगुनासा सम्बोधनदेखि बजार अनुगमनसम्म सक्रिय हुने सिडिओ फूयलको प्रतिबद्धता
डडेल्धुरा, भदौ २६। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी वेदराज फूयलले जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउन सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बुधबार जिल्लामा हाजिर हुनुभएका फूयलले शुक्रबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा प्रशासनिक सेवा चुस्त बनाउनेदेखि जनताले भोग्दै आएका गुनासा सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनुभएको हो। प्रमुख जिल्ला अधिकारी फूयलले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवामा सेवाग्राहीले कुनै गुनासो गर्न नपर्ने गरी काम गर्ने बताउनुभयो । अन्य सरकारी कार्यालयबाट प्रवाह हुने सेवासमेत छिटोछरितो, प्रभावकारी र भ्रष्टाचारमुक्त बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने उहाँको भनाइ थियो । आफूले गर्न सक्ने जुनसुकै किसिमको सहयोगका लागि तयार रहेको उहाँले बताउनुभयो।
जिल्लामा देखिने जनगुनासा र नागरिकका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने उहाँले बताउनुभयो। बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ता हित संरक्षणमा पनि प्रशासनले सक्रिय भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । बजार अनुगमन, सेवा प्रवाह तथा अन्य प्रशासनिक गतिविधिमा प्रशासन कार्यालयको जिम्मेवारी र सक्रियता जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
शान्ति सुरक्षाको अवस्था मजबुत बनाउँदै नागरिकले वास्तविक रूपमा सुरक्षाको अनुभूति गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको फूयलले बताउनुभयो । विपद्का घटना हुनुअघि नै आवश्यक पूर्वतयारी, सम्बन्धित निकायबीच समन्वय र घटनापछि प्रभावकारी सहजीकरण गर्ने उहाँको भनाइ थियो। विकास निर्माणका काममा पनि प्रशासनले आवश्यक समन्वय र सहजीकरण गर्दै सक्रिय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो।
प्रशासनका कामकारबाही र सार्वजनिक सरोकारका विषयमा पत्रकारहरूसँग नियमित भेटघाट तथा सूचना आदानप्रदान गर्ने वातावरण बनाउने उहाँले बताउनुभयो। कार्यक्रममा उहाँले पत्रकारहरूलाई समाचार तयार गर्दा तथ्य र आधिकारिक स्रोतमा आधारित हुन आग्रह गर्नुभयो। समाचारका विषयमा सम्बन्धित निकाय तथा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। परिचयात्मक कार्यक्रममा पत्रकारहरूले जिल्लामा देखिएका विभिन्न समस्या, जनगुनासा, सेवा प्रवाह, बजार अनुगमन, विकास निर्माण, विपद् व्यवस्थापन र शान्ति सुरक्षालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस