विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम
डडेल्धुरा : नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
अमरगढी नगरपालिका–२ स्थित बैजनाथ माध्यमिक विद्यालयल मौरोडा र महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीलाई विद्युतको सुरक्षित प्रयोग, विद्युतजन्य दुर्घटनाबाट बच्ने उपाय तथा विद्युतीय उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो।
विद्यालयको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख कपिल जोशीले विद्यार्थीलाई विद्युतीय सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्युतको प्रयोगमा सामान्य असावधानीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले बालबालिका तथा विद्यार्थीले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा विद्युतका तार, पोल तथा विद्युतीय उपकरण नछुने, भिजेको हातले विद्युतीय उपकरण नचलाउने, विद्युत चुहावट वा तार चुँडिएको अवस्थामा नजिक नजाने तथा त्यस्ता समस्या देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने विषयमा प्रशिक्षण दिइएको थियो।
विद्यार्थीमार्फत घरपरिवार तथा समुदायमा समेत विद्युतीय सुरक्षासम्बन्धी सन्देश पु¥याउने उद्देश्यले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले जनाएको छ। कार्यक्रममा काक्षा ९ देखिका लगभग ४ सय ५० बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस