निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग

धनगढीः जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले दीप प्रज्वलन गरेको छ। हस्पिटल परिसरमा आयोजित कार्यक्रममा शहीद गौरव जोशीको परिवारलाई ३ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको छ। परिवर्तन, सुशासन र उज्ज्वल भविष्यको आकांक्षासहित गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूको स्मरणमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्राध्यापक डा. हेमराज पन्त, नागरिक समाजका अगुवा प्रमोद पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, शहीद गौरव जोशीकी आमा गुन्ना जोशी, निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तलगायत चिकित्सक तथा हस्पिटलका कर्मचारीहरूको सहभागिता थियो।

कार्यक्रमकै क्रममा निसर्ग हस्पिटलका तर्फबाट शहीद गौरव जोशीकी आमा गुन्ना जोशीलाई ३ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। हस्पिटलका अध्यक्ष तीर्थराज पन्त, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र प्राध्यापक डा. हेमराज पन्तले संयुक्त रूपमा गुन्ना जोशीलाई चेक हस्तान्तरण गरेका थिए। 

दीप प्रज्वलन कार्यक्रममा चिकित्सक, पत्रकार तथा जेनजी आन्दोलनमा सहभागी युवायुवतीहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानलाई स्मरण गरेका थिए।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा

डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको

विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम 

डडेल्धुरा : नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न