आमाको सम्झनामा विद्यालयलाई जग्गादान

डडेल्धुरा,भदौ २३। डडेल्धुराको अमरगढी नगरपालिका–१० राईस्थित सहस्त्रलिङ्ग माध्यमिक विद्यालयलाई समाजसेवी तथा अधिवक्ता विष्णु भट्टले एक रोपनी छ आना जग्गा दान गरेका छन्। आफ्नी आमा स्वर्गीय सरस्वती देवी भट्टको वार्षिक पुण्यतिथिको अवसर पारेर भट्टले विद्यालयलाई जग्गा दान गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक केशवराज पन्तका अनुसार विद्यालय नजिकै रहेको उक्त जग्गा भट्टले विद्यालयको नाममा प्रदान गरेका हुन्। स्थानीयवासीसमेत रहेका भट्टले आफ्नो आमाको स्मृतिलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा जोड्ने उद्देश्यले विद्यालयलाई जग्गा उपलब्ध गराएको विद्यालयले जनाएको छ।

विद्यालयले प्राप्त गरेको जग्गालाई तत्काल बिक्री वा अन्य प्रयोजनमा प्रयोग नगरी अचल सम्पत्तिका रूपमा संरक्षण गर्ने जनाएको छ। विद्यालयको आवश्यकता र प्राथमिकताका आधारमा भविष्यमा उक्त जग्गालाई शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको भौतिक पूर्वाधार विकासमा उपयोग गरिने प्रधानाध्यापक पन्तले बताए।

विद्यालयमा आवश्यक परे उक्त जग्गामा नयाँ भवन निर्माण गर्न सकिने विद्यालयको योजना छ। त्यस्तै, विद्यालयको आवश्यकता र सम्भाव्यताका आधारमा कृषि गतिविधिका लागि समेत जग्गाको उपयोग गर्न सकिने प्रधानाध्यापक पन्तले बताए।

स्थानीयस्तरमा विद्यालय सञ्चालन र शैक्षिक गतिविधिका लागि आवश्यक जग्गाको उपलब्धता महत्वपूर्ण हुने भएकाले भट्टको जग्गादानले विद्यालयको दीर्घकालीन विकासमा सहयोग पुग्ने विद्यालयको अपेक्षा छ। विद्यालयले प्राप्त गरेको जग्गाले भविष्यमा कक्षाकोठा तथा अन्य भौतिक संरचना विस्तारसँगै विद्यार्थीलाई व्यवहारिक तथा उत्पादनमूलक सिकाइमा जोड्न सकिने प्रधानाध्यापक पन्तले बताए।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई