गौरापर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै
डडेल्ध ,१७ भदौ : सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ । हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन् ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।
ब्रतालु महिलाहरुले दिनभरी गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । ब्रतालु महिलाहरुले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी, आफन्त तथा मान्यजनहरुको टाउको पुज्ने चलन रही आएको संस्कृतीका जानकार कैलास कुमार पाण्डेले बताउनु भयो ।
दिनभरी गौरा र महेश्वरको उत्पत्ति,गौरा र महेश्वरको हुर्काइ, बढाई, गौरा र महेश्वरको विवाह प्रसंग लगायतका कुराहरुमा अठ्यावालीमा समेट्ने गरीएको उहाँले बताउनु भयो । यस्तै गौरा र महेश्वरको विवाहमा देवीदेवता र ऋषिहरुको आगमन भएको प्रसंग पनि अठ्यावालीमा ब्रतालु महिलाहरुले फागमार्फत समेट्ने गरेका छन् ।
अठ्यावाली सकिएपछि गौरामा चढाएका फलफूहरु गौराको प्रसादको रुपमा सबैको हातहातमा पुगोस् भनेर फल फट्काउने चलन समेत रही आएको छ ।
ब्रतालु महिलाहरुले आजै नयाँ दुबधागो धारण गर्ने गर्दछन् । पुरानो दुबधागो फेरेर नयाँ दुबधागो धारण गर्ने परम्परा रही आएको अमरगढी डडेल्धुराका गितानजलि साउदले बताउनु भया ।
यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।
पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ ।
गौरा पर्व भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गर्दछ । यो बर्ष भाद्र कृष्ण पञ्चमीबाट गौरा शुरु भएकाले यो गौरालाई अँधेरी गौरा भन्ने चलन छ । पञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने गरिन्छ । अरु बेला देवीदेवताको पूजाआजा गर्दा अक्षताको प्रयोग गर्ने गरिएको भएपनि गौराको पूजा भने बिरुडाले गर्ने चलन रही आएको छ ।
गौराका लागि परदेश गएकाहरु पनि घर फर्किएकाले गाउँघरमा रौनक बढेको छ । बर्षको दिन चाडपर्व र एकआपसमा भेटघाट हुने भएकाले गाउँघरमा रमाइलो वातावरण बनेको आलिताल गाउँपालिका ८ का जोगराज भट्टले बताउनु भयो ।
बसाइसराई गरेर गएकाहरु पनि गौराका लागि थातथलोमा फर्केकाले पारिवारिक मिलन र समाजिक सद्भावको वातावरण बनेको उहाँले बताउनु भयो । गौरालाई सामाजिक सदभावको पर्वको रुपमा समेत लिने गरिएको भट्टले बताउनु भयो ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा
डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको
विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम
डडेल्धुरा : नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस