बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते
बैतडी, भदौ १७। बैतडीको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधाबार साँझ साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिप अनियन्त्रित भइ खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० वर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ वर्षीया दिप्ती बिष्ट,सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० वर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० वर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ ।
घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, बैतडी पठाएको र घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस