मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत मागेका थिए।
मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनको पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।
नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले भट्टलाई विश्वासको मत दिएका छन्।
भट्टको विपक्षमा नेपाली कांग्रेसका १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसदले मतदान गरेका छन्। ५१ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएपछि एक पद रिक्त छ।
यस्तै, कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भएको छ भने अर्का सांसद दीर्घ सोडारी निलम्बित छन्। यससँगै मुख्यमन्त्री भट्टले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक विश्वासको मत प्राप्त गरेका छन्।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
कञ्चनपुर, भदौ ३ । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट











प्रतिकृया दिनुहोस