बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता हैरान भएका छन् । दैनिक रुपमा ग्यास विक्रेताको पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । ग्यासका लागि दिनदिनै पसल धाएर रित्तो फर्कनुपर्ने अवस्था रहेको स्थानीय पवित्रा बोहराले बताइन् ।
मार्तडी बजारसहित, कोल्टी, पिलुचौर, बाम्कालगायतका क्षेत्रमा समेत उपभोक्ताले खाना पकाउने ग्यासको अभाव झेल्दै आएका छन् । खाली सिलिन्डर लिएर बिक्री केन्द्रमा पुग्दा पनि ग्यास नभएपछि रित्तो फर्किनु परेको बोहराले बताइन् ।
जिल्लामा माग अनुसार ग्यास आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नु परेको हो । ग्यास नपाउँदा दाउरा खोज्नुपर्ने बाध्यता आएको उपभोक्ताहरु बताउँछन् । सदरमुकाम क्षेत्रमा डेरामा बस्ने विद्यार्थी तथा कर्मचारी ग्यास नपाउँदा बढी मारमा छन् ।
सदरमुकामवासीलाई मासिक १० हजार बढी सिलिन्डर एलपी ग्यास आवश्यक पर्ने गरेको छ । जिल्लामा रेडियन्ट, मनकामना, भेरी र साइपाल कम्पनीका ग्यास बिक्री हुँदै आए पनि ग्यास अभाव भएको दुई साता बढी हुँदासम्म भन्दा बढी बितिसक्दा पनि आपूर्ति हुन सकेको छैन । जिल्लामा एक सातादेखि ग्यासको चरम अभाव भएको हो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बजार अनुगमनका क्रममा बाहिरबाट आएर सदरमुकाम क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीलाई बढी समस्या भएको बताए । उनले बाँकेका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी भेरी ग्यास उपलव्ध गराइदिन आग्रह गरेकाले उक्त ग्यास पनि जिल्लामा आउने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष चक्र रोकायाले सडक तथा ढुवानी व्यवस्थाका कारण पनि जिल्लामा ग्यास आपूर्तिमा कठिनाइ हुने गरेको बताए । ग्यासको कालोबजारी हुन नदिन जिल्लाको वास्तविक माग, मौज्दात र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरी उपभोक्तालाई सहज उपलब्ध गराउन सबै क्षेत्रले गम्भीर हुनुपर्ने उनले बताए ।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
कञ्चनपुर, भदौ ३ । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट











प्रतिकृया दिनुहोस