गेटामा क्याथ ल्याब सेवा सुरू गर्ने तयारी
धनगढी, भाद्र ३ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल गेटामा क्याथ ल्याब सेवा सुरू गरिने भएको छ। मुटु तथा मस्तिष्कको जटिल उपचार गर्न क्याथ ल्याब सेवा सञ्चालनका लागि विश्वविद्यालयले प्रक्रिया अगाडि बढाएको जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले क्याथ ल्याब सेवा सञ्चालनका लागि २४ करोड बजेट छुट्याइएको बताए। सुदूरपश्चिमका सरकारी अस्पतालमा मुटु र मस्तिष्कको शल्यक्रिया गर्न आवश्यक पर्ने क्याथ ल्याब छैन। जसका कारण बिरामीले कि अकालमै ज्यान गुमाउनुपरेको छ भने कि त भारत लगेर महङ्गो उपचार गर्नुपर्ने बाध्यता छ।
गेटामा क्याथ ल्याब सेवा सुरू हुँदा बिरामीले ५० हजार भित्रै मुटु तथा मस्तिष्कको उपचार पाउने विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दले बताए। उनले सुदूरपश्चिममा अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याउनु विश्वविद्यालयको पहिलो प्राथमिकताको काम रहेको स्पष्ट पारे।
गेटामा अत्याधुनिक एआई इन्स्टल क्याथ लाब सेवा सञ्चालन हुने र त्यसले मुटुसहित मस्तिष्कको समेत उपचार हुने उपकुलपति प्राध्यापक डाक्टर जोशीले बताए।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता











प्रतिकृया दिनुहोस