मकै पोलेर आम्दानी गर्दै महिला
डडेल्धुरा, भाद्र २। घरायसी कामकाजमा सीमित मानिने ग्रामीण महिलाहरू पछिल्लो समय साना–साना उद्यममार्फत आयआर्जनतर्फ आकर्षित हुन थालेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ मालमगाउँका महिलाहरू अहिले वर्षायामसँगै आउने हरियो मकैको सिजनलाई आम्दानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्। बिहान–साँझ घर र खेतबारीको काममा व्यस्त रहने उनीहरू दिउँसो भने जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, रानीधारा, खलंगा लगायतका स्थानमा आगो बालेर हरियो मकै पोलेर बिक्री गर्दै दैनिक खर्च जुटाइरहेका छन्। बजारक्षेत्रमा अहिले करिव एक दर्जन महिलाहरु मकैको व्यपारमा लागेका छन्।
हरियो मकैको व्यापारमा पहिलो पटक हात हालेकी अमरगढी नगरपालिका –१ मालमगाउँकी सीमा दियाल अहिले तुफानडाँडामा मकै पोलेर बेच्दै आएकी छन्। उनले किलोका आधारमा हरियो मकैको घोगा खरिद गरेर ल्याउने गरेकी छन्। व्यापार सुरु गरेको धेरै समय नभए पनि दैनिक करिब पाँचसय रुपैयाँसम्म नाफा हुन थालेको उनको अनुभव छ। घरखर्च व्यवस्थापनमा केही राहत मिलोस् भन्ने उद्देश्यले यो व्यवसाय थालेको उनले बताइन्।
यस्तै, रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बिक्री गर्ने गरेको बताइन्। उनले प्रति केजी करिब ४० रुपैयाँसम्म तिरेर मकै किन्ने गरेकी छन्। खरिद मूल्य, दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक घरखर्च चलाउनका लागि आम्दानी हुने गरेको उनको भनाइ छ। उनका अनुसार वर्षायाममा पोलेको हरियो मकैको माग बढ्ने भएकाले केही समयका लागि भए पनि यो व्यापारले परिवारको आर्थिक भार कम गर्न सहयोग पुगेको छ।
मकै बेच्दै आएकी बेलु तमोलीले मकैको आकारअनुसार मूल्य निर्धारण गरिएको बताइन्। ठूला घोगा ३५ रुपैयाँ र साना घोगा २० रुपैयाँमा ग्राहकलाई बिक्री गर्ने गरिएको उनको भनाइ छ। उनका अनुसार हरियो मकैको व्यापार करिब एक महिनासम्म राम्रोसँग चल्ने गर्छ। तर पछिल्ला दिनमा मकैको खरिद मूल्य नै बढेकाले व्यापार गर्न चुनौती थपिएको उनी बताउँछिन्। व्यापारीले महँगो मूल्यमा मकै खरिद गर्नुपर्ने अवस्था रहे पनि ग्राहकले २० वा ३० रुपैयाँमै महँगो भएको गुनासो गर्ने गरेको उनले सुनाइन्।
डडेल्धुराको बजार क्षेत्रमा हरियो मकै पोलेर बेच्ने अधिकांश महिलाले भागेश्वर, बैतडीको खोड्पे लगायतका क्षेत्रबाट मकै खरिद गरेर ल्याउने गरेका छन्। स्थानीय उत्पादनसँगै छिमेकी जिल्लाबाट ल्याइने हरियो मकै स्वादिलो हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन्।
हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले पूर्ण रूपमा रोक नलगाएको भए पनि सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको व्यापारीहरूको भनाइ छ। बसपार्क क्षेत्रमा अत्यधिक भिडभाड हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि उनीहरू अहिले खुला र कम भीडभाड हुने स्थान खोजेर व्यापार गर्दै आएका हुन्।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता











प्रतिकृया दिनुहोस