लाटामाण्डौमा लाटा देवताको मन्दिर निर्माणका लागि सहयोग अभियान, १ लाख ५४ हजार संकलन
डडेल्धुरा, साउन ३० । डडेल्धुराको भागेश्वर गाउँपालिका–२, लाटामाण्डौमा रहेको लाटा देवताको थानमा मन्दिर निर्माण हुने भएको छ। लामो समयदेखि थानका रूपमा मात्र रहेको उक्त स्थानमा मन्दिर निर्माणका लागि श्रावण २८ गते विधिपूर्वक शिलापूजन गरी शिलान्यास गरिएको हो।
मन्दिर निर्माणका लागि अभियानकर्मी सिद्धराज पनेरु र दिलबहादुर मडैको सक्रियतामा सहयोग अभियान सुरु गरिएको छ। श्रावण १४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत सुरु गरिएको अभियानअन्तर्गत श्रावण २९ गतेसम्म ७० जना दाताबाट १ लाख ५४ हजार ४ सय ३ रुपैयाँ संकलन भएको अभियानकर्मी सिद्धराज पनेरुले जानकारी दिएका छन्।
अभियानकर्मी पनेरु हाल देशबाहिर रहेकाले अभियानबाट संकलन हुने रकम अशिग्राम मावि रुपालका पूर्व शिक्षक तथा अशिग्राम मन्दिरका भण्डारी दिलबहादुर मडैको माछापुच्छ्रे बैंकमा रहेको खातामा जम्मा भइरहेको जनाइएको छ।
अभियानमा सहयोग गर्ने दाताको योगदानअनुसार अभिलेख तथा सम्मानको व्यवस्था गरिएको छ। १०१ रुपैयाँदेखि १ हजार रुपैयाँसम्म सहयोग गर्ने दाताको नाम रजिस्टरमा अभिलेख राखिने, १ हजार १ रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म सहयोग गर्नेको नाम ब्यानरमा राखिने र ५ हजार १ रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताको नाम मन्दिरको शिलालेखमा राखिने बताइएको छ।
लाटा देवताप्रति आस्थावान् सबैलाई मन्दिर निर्माण अभियानमा सहयोग गर्न आग्रह गरिएको छ। अभियानकर्मी सिद्धराज पनेरुले यसअघि पनि अशिग्राम माविका लागि साउन्ड सिस्टम खरिद, अशिग्राम मन्दिरका लागि आवश्यक सामग्री व्यवस्थापन, खिटकेश्वर मन्दिरमा नन्दी बसाहा स्थापना तथा कैलपाल मन्दिरका लागि आवश्यक सामग्री खरिदलगायतका अभियान सञ्चालन गरिसकेका छन्।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता
-

डडेल्धुरामा २५ सरकारी कार्यालयमा छड्के निरीक्षण, ५८ कर्मचारी अनुपस्थित
-

‘जीर्ण सडकको अवस्था सुधार गर्न मन्त्री लम्सालको चासो ’
-

बाटो र भिरपाखामा मौरीका घार, मह बेचेरै लाखौँ आम्दानी
-

चार दशकको राजनीतिक यात्रापछि खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री
-

लाटामाण्डौमा लाटा देवताको मन्दिर निर्माणका लागि सहयोग अभियान, १ लाख ५४ हजार संकलन






प्रतिकृया दिनुहोस