डडेल्धुरामा २५ सरकारी कार्यालयमा छड्के निरीक्षण, ५८ कर्मचारी अनुपस्थित
डडेल्धुरा, साउन २९ । डडेल्धुरामा सरकारी कार्यालयका कर्मचारीहरूको नियमित उपस्थिति र समयपालनबारे प्रशासनले छड्के निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको निर्देशनमा जिल्लाका २५ वटा सरकारी कार्यालयमा बिहान सवा ९ बजे गरिएको हाजिरी छड्के निरीक्षणका क्रममा ५८ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो।
अनुपस्थित कर्मचारीमध्ये ७ जना कार्यालय प्रमुखसमेत रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। निरीक्षणपछि अनुपस्थित रहेका कर्मचारीहरूलाई उनीहरू कार्यालयमा उपस्थित हुन नसकेको कारणसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। सम्बन्धित कार्यालयलाई अनुपस्थित कर्मचारीको कारण खुलाएर प्रशासन कार्यालयमा जानकारी गराउन आजै निर्देशन दिइएको प्रशासकीय अधिकृत चन्द्र रोकायाले रेडियो अमरगढीलाई जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयका अनुसार डडेल्धुरामा करिब ४५ वटा सरकारी कार्यालय रहेका छन्। तीमध्ये पहिलो चरणमा २५ वटा कार्यालयमा हाजिरी छड्के निरीक्षण गरिएको हो। सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति, समयपालना र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनले आगामी दिनमा पनि यस्ता निरीक्षणलाई निरन्तरता दिने जनाएको छ।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता











प्रतिकृया दिनुहोस