३८ वर्षपछि १२ परिवारले पाए लालपुर्जा

डडेल्धुरा, साउन २३। सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।

साविक जोगबुढा गाविस–१ मा २०४५ सालमै सुकुम्बासी समस्या समाधान आयोगले स्थानीयको जग्गाको नापनक्सा गरेको थियो। तर, नापनक्सापछि आवश्यक प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्ने पुर्जा पाउन सकेका थिएनन्।

नापनक्सा भएको लामो समयपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाएको थियो। तर, त्यसपटक पनि पुर्जा वितरण हुन सकेन। आयोग गठन र विघटनसँगै प्रक्रिया रोकिँदै जाँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय वर्षौंदेखि लालपुर्जाको पर्खाइमा थिए।

जग्गाको नापनक्सा भएको भए पनि कानुनी रूपमा आफ्नो नाममा जग्गा दर्ता नभएकाले स्थानीयले वर्षौंदेखि स्वामित्वको समस्या झेल्दै आएका थिए। लामो समयदेखि अधुरो रहेको प्रक्रिया अघि बढेपछि अहिले १२ परिवारले लालपुर्जा प्राप्त गरेका हुन्।

स्थानीयका लागि यो लालपुर्जा प्राप्तिले जग्गाको प्रमाणपत्र पाउनु मात्र नभई दशकौँदेखि कायम रहेको भूमिसम्बन्धी समस्या समाधानतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अब पुर्जा प्राप्त गरेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित भएको महसुस गरेका छन्। 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता