धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिँदै शान्तिपूर्ण सद्भाव र्‍याली

डडेल्धुरा: देशका विभिन्न तराईका जिल्लामा देखापरेका धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै डडेल्धुरामा शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाइमामा आइतबार बसपार्क बागबजारदेखि तुफानडाँडासम्म सद्भाव र्‍याली निकालिएको हो। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको संघले जनाएको छ।

र्‍यालीको समापन कार्यक्रममा बोल्दै डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपकबहादुर महताले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको सम्मानपूर्वक पालन गर्ने अधिकार सुनिश्चित गरेको बताए।

अध्यक्ष महताले पछिल्लो समय देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै धार्मिक आस्था, जातीय तथा सामुदायिक भावना खलबल्याउने, हिंसा र द्वेष फैलाउने कुनै पनि गतिविधि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।

उनले जिल्लावासी, उद्योगी–व्यवसायी, नागरिक समाज, राजनीतिक दल, सामाजिक तथा धार्मिक संघसंस्था, सञ्चार माध्यम तथा आम नागरिकलाई संयम, आपसी सम्मान र सहिष्णुताका साथ सामाजिक सद्भाव कायम राख्न आग्रह गरे। साथै, अफवाह, भ्रामक सूचना तथा उत्तेजनात्मक अभिव्यक्तिको पछि नलागी सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह तथा ग्रहण गर्न र शान्ति, सामाजिक एकता तथा भाइचाराको वातावरण जोगाउन सबैमा अपिल गरे।

सद्भाव र्‍यालीमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, उद्योगी–व्यवसायी, महिला उद्यमी संघका पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

डडेल्धुरा लगायत सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै

डडेल्धुरा : डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा बैतडीका सडकको अवस्था दयनीय

बैतडी, साउन ३१। बैतडीका मुख्य सडक खण्डको मर्मतसम्भारको जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था दयनीय बनेको छ। सडकमा