डडेल्धुराका सातै स्थानीय तहमा आमा–शिशु स्वास्थ्य सुधार कार्यक्रम सुरु
डडेल्धुरा, साउन ८। डडेल्धुरामा आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरिएको छ। संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालन हुने यो कार्यक्रम जिल्लाका सातवटै स्थानीय तहमा कार्यान्वयन गरिने भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा, एपिक नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्रको सहकार्यमा आमा, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण सुधार कार्यक्रमको जिल्ला स्तरीय शुभारम्भ तथा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मका महिला, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाले पाउने स्वास्थ्य र पोषण सेवाको पहुँच तथा गुणस्तरमा सुधार गरिने जनाइएको छ। यसका साथै स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण तथा सामग्रीको उपलब्धता बढाउने, विपद् तथा आपत्कालीन अवस्थामा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने र औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कार्यशालामा जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आमा तथा नवजात शिशुको मृत्यु दर अपेक्षित रूपमा घटाउन अझै धेरै प्रयास आवश्यक रहेको जनाएको थियो। कार्यक्रममा कार्यक्रमका उद्देश्य, उपलब्ध गराइने सहयोग तथा स्थानीय तहमा सञ्चालन हुने गतिविधिबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले जिल्लामा आमा, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषणका क्षेत्रमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे। जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले कार्यक्रमले आमा तथा नवजात शिशुको मृत्यु दर घटाउन, बालबालिकामा देखिने कुपोषण कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक अनुगमन र सहकार्यमा निरन्तर साथ रहने बताए।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले यो कार्यक्रमले जिल्लाको समग्र स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबै सरोकारवालाप्रति आभार व्यक्त गरे। ग्रामीण महिला विकास तथा एकता केन्द्रका कार्यकारी निर्देशक अमर साउदका अनुसार आगामी दिनमा स्वास्थ्य कार्यालय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै जिल्लाका सातवटै स्थानीय तहमा आमा, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण सुधारका कार्यक्रम सञ्चालन गरिनेछ।
डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ्दै
डडेल्धुरा, साउन २३। विश्व स्तनपान सप्ताह मनाइरहँदा डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या बढ्दै गएको देखिएको छ। यद्यपि कामकाजी आमालाई
आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै
डडेल्धुरा, साउन १५। डडेल्धुरामा पछिल्ला केही वर्षयता आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। आधुनिक उपचारसँगै
जोगबुडामा फुड पोइजनिङः दुई दिनमा १८ जनाको उपचार
डडेल्धुरा, असार ६। डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालले परशुराम नगरपालिका–९ मा फुड पोइजनिङजन्य झाडापखालाको समस्या देखिएपछि उपचार सेवालाई थप
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस