विकासका प्राथमिकतासहित डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक
डडेल्धुरा, असार ११। डडेल्धुराका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई नगरपालिका र पाँच गाउँपालिकाले आ–आफ्नो नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउँदै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार प्रवद्र्धन तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेका छन्।
जिल्लामा सबैभन्दा ठूलो बजेट परशुराम नगरपालिकाले ल्याएको छ। नगरपालिकाले ७७ करोड १६ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको जनाएको छ। नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख बिमला कुमारी बोहरा महताले बजेट प्रस्तुत गर्दै शिक्षातर्फ बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा स्वयंसेवक शिक्षकको पारिश्रमिक वृद्धि, छात्रवृत्ति कार्यक्रमको निरन्तरता तथा प्राविधिक उच्च शिक्षाका लागि सहयोगको व्यवस्था गरिएको जानकारी दिइन्। कृषि क्षेत्रमा कोल्ड स्टोर निर्माण, स्वास्थ्यतर्फ गाउँ–गाउँमा डाक्टर कार्यक्रम तथा अस्पताल सेवा विस्तारका कार्यक्रम समेटिएका छन्।
जिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकाले ५१ करोड ४७ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले कृषि उत्पादन वृद्धि, शहरी पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनलाई बजेटको मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
भागेश्वर गाउँपालिकाले ५० करोड २० लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा प्रस्तुत बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा गत वर्षको मौज्दातलाई आयको प्रमुख आधार बनाइएको छ। गाउँपालिकाले कृषि, पूर्वाधार तथा सामाजिक क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।
आलिताल गाउँपालिकाले ४९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ। स्थानीय उत्पादन र आयआर्जन वृद्धि गर्ने योजनाहरू पनि बजेटमा समावेश गरिएको जनाइएको छ।
अजयमेरु गाउँपालिकाले ४९ करोड ५ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि उत्पादन वृद्धि, ग्रामीण सडक सञ्जाल सुधार, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई केन्द्रमा राखेको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासमेत बजेटमा समेटिएका छन्।
गन्यापधुरा गाउँपालिकाले ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिकाले कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षाको गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।
सबैभन्दा कम बजेट नवदुर्गा गाउँपालिकाले ल्याएको छ। गाउँपालिकाले ४३ करोड ९४ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा ग्रामीण पूर्वाधार विकासलाई केन्द्रमा राखेको जनाएको छ।
स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक स्रोत परिचालन तथा मौज्दात रकमलाई प्रमुख आयस्रोतका रूपमा समेटिएको छ। अधिकांश स्थानीय तहले कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई आगामी वर्षका मुख्य लक्ष्यका रूपमा अघि सारेका छन्।
सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा
कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका
कर्जा प्रवाहमा सहुलियत पाईने भएपछि उद्यमी महिलाहरूमा उत्साह
डडेल्धुरा, असार ७। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत दिने घोषणा गरेपछि व्यवसायमा संलग्न
सुदूरपश्चिम सरकारको विकास खर्च १० महिनामा २१ प्रतिशत
धनगढी, जेठ १२। सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको वैशाखसम्मको विकास खर्च २१ प्रतिशत मात्रै पुगेको छ । पुँजीगततर्फ १९ अर्ब ८३ करोड ८५ लाख ५६
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस