जोगबुडामा फुड पोइजनिङः दुई दिनमा १८ जनाको उपचार

डडेल्धुरा, असार ६। डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालले परशुराम नगरपालिका–९ मा फुड पोइजनिङजन्य झाडापखालाको समस्या देखिएपछि उपचार सेवालाई थप सक्रिय बनाएको छ। पछिल्लो दुई दिनमा मात्रै १८ जना बिरामी अस्पतालमा उपचारका लागि पुगेका छन्।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.कृष्णराज जोशीका अनुसार असार ५ र ६ गते उपचारका लागि आएका १८ जनामध्ये ६ जनाको स्वास्थ्य अवस्था सुधार भएपछि घर फर्किएका छन्। हाल ९ जना अस्पतालको बेडमा भर्ना भएर उपचार गराइरहेका छन् भने ३ जनालाई आकस्मिक कक्षमा राखी निगरानीसहित उपचार भइरहेको छ।

अस्पतालले सबै बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको जनाएको छ। उपचाररत सबै बिरामीको स्वास्थ्य अवस्थाको चिकित्सकहरूले नियमित अनुगमन गरिरहेका छन् र आवश्यक औषधि तथा स्वास्थ्य सेवा निरन्तर प्रदान भइरहेको मेसु जोशीले बताए।

फुड पोइजनिङका घटना देखिएसँगै अस्पतालले सर्वसाधारणलाई दूषित खाना र असुरक्षित पानीको प्रयोग नगर्न आग्रह गरेको छ। विशेषगरी गर्मी र वर्षायाममा झाडापखाला तथा फुड पोइजनिङका घटना बढ्न सक्ने भएकाले सफा र ताजा खाना खाने, उमालेर वा सुरक्षित पानी पिउने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अस्पतालले अनुरोध गरेको छ।

स्वास्थ्यकर्मीहरूले झाडापखाला, वान्ता, पेट दुख्ने वा अत्यधिक कमजोरीजस्ता लक्षण देखिएमा घरमै बस्नेभन्दा पनि तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन समेत आग्रह गरेका छन्।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ्दै 

डडेल्धुरा, साउन २३। विश्व स्तनपान सप्ताह मनाइरहँदा डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या बढ्दै गएको देखिएको छ। यद्यपि कामकाजी आमालाई

आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै 

डडेल्धुरा, साउन १५। डडेल्धुरामा पछिल्ला केही वर्षयता आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। आधुनिक उपचारसँगै

डडेल्धुराका सातै स्थानीय तहमा आमा–शिशु स्वास्थ्य सुधार कार्यक्रम सुरु

डडेल्धुरा, साउन ८। डडेल्धुरामा आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरिएको छ। संयुक्त