विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दै
काठमाण्डौ, असार ६ । विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार पौने ११ बजे ह्युस्टनमा हुनेछ । नेदरल्यान्डस्ले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो ।
आजको खेल जितेमा स्विडेन नकआउट चरणमा पुग्नेछ । स्विडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ । यस्तै आज मध्यराति समूह ‘ई’का जर्मनी र आइभरीकोस्ट खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने २ बजे शुरू हुनेछ ।
जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाओलाई ७–१ ले पराजित गरेको थियो । यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो ।
भोलि बिहान पौने ६ बजे समूह ‘ई’कै इक्वेडर र कुराकाओ खेल्दैछन् । यसैगरी भोलि बिहान पौने १० बजे ट्युनिसिया र जापान खेल्दैछन् ।
विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई ३ गोलले हराउँदै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २ गोलले हराउँदै नकआउट चरणमा पुगेको छ । यसैगरी अन्य खेलमा मोरक्कोले स्कटल्यान्डलाई १ गोलले र पाराग्वेले टर्कीएलाई एक गोलले हराएको छ ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा
डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको
डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
डडेल्धुरा, भदौ २५ । डडेल्धुरामा यहि भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति डडेल्धुराले खेलकुदको
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस