असिनाले सखाप पारेपछि दोस्रोपटक मकै छर्दै किसान
बैतडी, जेठ २२। गत साता असिनाले बैतडीको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा मकैबालीलगायत तरकारीमा ठूलो क्षति पुग्यो । यी तीन स्थानीय तहमध्ये असिनाले सबैभन्दा बढी मेलौलीमा क्षति भएको थियो ।
खेतबारी सेताम्ये हुनेगरी परेको असिनाले भर्खर उम्रिएका मकैका बोट नै बचेनन् । असिनाले बारी बाझो बनेपछि अहिले किसानले दोस्रो पटक मकै छर्दै छरिरहेका छन् । मकै गोड्ने तयारीमा रहेका किसान फेरि छर्नुपर्ने बाध्यता आउँदा समस्यामा परेका छन् । कतिपय किसानलाई फेरि बिउ खोज्न सास्ती भइरहेको छ ।
पाखो बारीमा बल्लतल्ल उम्रेर ४ पाते भएको मकै असिनाले सखाप पारेपछि दोस्रो पटक छरिरहेको मेलौलीका किसान करन भट्टले बताए । पहिला गोरु र ट्याक्टरले जोतेर मकै छरेका स्थानीय पुराना बोटमा ठुटा उम्रिने आशमा अहिले हातले खनेर छरिरहेका छन् । असिनाका कारण किसानहरु उत्पादन घट्ने चिन्तामा छन् । असिनाले माटो थिचिएका वर्ष उत्पादन कम हुने किसानहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयले असिनाले भएको क्षतिको विवरण उपलब्ध गराउन नगरपालिकालाई पत्र पठाएको छ । प्रशासनको पत्रपश्चात बल्ल नगरपालिकाले क्षतिको विवरण संकलनको काम गरिरहेको छ । नगरप्रमुख भीमबहादुर चन्दले नगरपालिकाले घर, विद्यालयका छाना उडाएको क्षतिपूर्ति दिने भए पनि किसानलाई असिनाबाट भएको क्षतिमा राहत दिननसक्ने बताए । नगरपालिकामा जम्मा भएको विवरण जिल्ला प्रशासनमा पठाइदिने र माथिबाटै केही राहत आए त्यही बाँडिदिने उनले बताए ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस