डडेल्धुरामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ।

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ।    
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६औँ संस्करण बिहीबारदेखि डडेल्धुरामा हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए।    
“छ वटा खेल सहभागी प्रतियोगितामा नौ जिल्लाका करिब ९०० खेलाडी सहभागी हुनेछन”, सदस्य सचिव खड्काले भने, “त्यसका लागि सबै तयारी पूरा भएर खेलाडी डडेल्धुरा पुगि सकेका छन ।”  खेल आज ९ बजेदखि डडेल्धुराको टुडिखेलमा सुरु हुदै छ ।  
विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुने गरेको बताउँदै खड्काले सात पहाडी जिल्लामध्ये पहिलो पटक डडेल्धुरामा हुन गइरहेको बताए।     
प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलको समग्र व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ। “डडेल्धुरा खेलकुद समितिबाट सहयोग भएको छ”, उनले भने, “प्रत्येक जिल्लाबाट १०७ जना खेलाडी सहभागी हुने भनेको छ, तर पहाडी जिल्लाबाट उपस्थिति अलि कम हुन सक्छ ।”    
प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुनेछ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा

डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै

डडेल्धुरा, भदौ २५ । डडेल्धुरामा यहि भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति डडेल्धुराले खेलकुदको