बालेनको ‘जय महाकाली’ ले राख्यो २४ घण्टाभित्र युट्युबमा धेरै हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । प्रधानमन्त्रीको सपथको पूर्वसन्ध्यामा बालेन शाहले युट्युबमा सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले कीर्तिमान रचेको छ ।

बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले २४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । शुक्रबार बिहान ७ बजेसम्म यो गीतलाई २१ लाख पटक हेरिएको छ ।

यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको कोल्याब गीत ‘जाने भए जाम माया’ सँग थियो । त्यो गीतलाई सोही अवधिससम्म १६ लाख ३६ हजार पटक हेरिएको थियो ।

दुर्गेशको उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीजमा’ को १५ लाख भ्यूजको रेकर्डलाई उछिनेको थियो । यतिबेला भने बालेनको यो गीतले केही घण्टाभित्रै अघिल्ला सबै रेकर्डलाई उछिनेको छ ।

शुक्रबार बेलुका ८ बजेतिर मात्र २४ घण्टा हुने भएकाले बालेनको यो गीतले भ्यूजमा उछाल ल्याउने पक्का छ । त्यतिञ्जेल अन्य धेरै रेकर्ड पनि रचिने सम्भावना देखिन्छ ।

रिलिज भएको ३ घण्टामै बालेनको यो गीतले सबैभन्दा छिटो १० लाख भ्यूज पाउने गीतको रेकर्ड रचिसकेको थियो । चुनाव मात्र होइन, युट्युबमा समेत बालेनको लहर देखिएको छ ।

‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ ।

प्रधानमन्त्रीको सपथ लिनुको पूर्वसन्ध्यामा गीत रिलिज गरिएपछि गीतले निकै हाइप प्राप्त गरेको देखिएको छ ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दै

डडेल्धुरा, फागुन १० । डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन,

देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा (भिडियो सहित)

डडेल्धुरा । माघ ०२ । कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ ।  टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल

लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ सार्वजनिक

डडेल्धुरा, कात्तिक २ । लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ बोलको देउडा गीत सार्वजनिक भएको छ । रेडियो अमरगढी डडेल्धुराका स्टेशन म्यानेजर