बैतडी बस दुर्घटनामा ज्यान गुमाएका बित्थडचिरका आठ जनाको सामूहिक अन्त्येष्टि

बझाङ, माघ २४ । बैतडीको पुर्चौडी नगरपालिका –७ बडूगाउँको मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका बझाङको बित्थडचिर गाउँपालिका –७ का आठ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

उक्त दुर्घटनामा १३ जनाको ज्यान गएको थियो । मृतकमध्ये बित्थडचिर –७ का चार जना सहोदर दाजुभाइ र चार जना बाबु–छोरासहित एक आफन्तको निधन भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दिपकराज जोशी रहेका छन ।

एकै गाउँका आठ जनाको एकसाथ अन्त्येष्टि गरिएको छ । मृतकका परिवार, आफन्त तथा स्थानीयवासीहरू शोकाकुल बनेका छन ।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार

एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त

धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने

दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग

धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई