आमाबुबाविहीन बाल्यकालदेखि २५ वर्षको निरन्तर शिक्षण यात्रासम्म
डडेल्धुरा: बैतडीको सुर्नया गाउँपालिका–३ मा २०३५ सालमा जन्मिएकी मानमती भट्टले जीवनको सुरुवातमै आमाबुबाको स्नेह गुमाइन्। छ महिनाको उमेरमै आमाको निधन भयो। बाल्यकालमै बुवा पनि साथमा रहेनन्। तर, जीवनले दिएको यो कठोर प्रारम्भले उनलाई कमजोर भने बनाएन बरु अझै दृढ बनायो।
सानै उमेरमा आमाबुबा नभए पनि उनलाई त्यो अभाव कहिल्यै महसुस भएन। माइली आमाले आफ्नै छोरी सरह माया, सम्मान र संरक्षण दिइन्। आफू आठ कक्षामा पढ्दासम्म उनले माइली आमालाई नै जन्मदिने आमा ठानिरहिन्। त्यही बेला मात्र थाहा भयो— आफू जन्मदिने आमा त धेरै पहिले बितिसक्नुभएको रहेछ।
आठ कक्षामा पढ्दै गर्दा बुवा बसाइँ सरेर डडेल्धुरा जान लाग्दा मानमतीलाई पनि साथ लैजान चाहनु भयो। तर माइली आमाले जान दिइनन्। ‘यहीँ पढ्छे, यहीँ हुर्किन्छे’ भन्ने अडानसँगै मानमती माइलो बुवा–आमाकै घरमा बसेर दश कक्षासम्म पढिन्।
२०५५ सालमा वासुदेव माध्यमिक विद्यालय, लिस्कीटा (बैतडी) बाट एसएलसी दिँदा गाउँमा छोरी मान्छे पढाउने चलन निकै न्यून थियो। कक्षामा केटी विद्यार्थी औँलामा गन्न सकिने अवस्थामा थिए। त्यही परिवेशमा एसएलसी पास गर्नु नै ठूलो उपलब्धि थियो।
एसएलसीपछि जीवनले अर्को मोड लियो— बिहे। शैल्यशिखर नगरपालिका–१, दार्चुलामा विवाह भएपछि पढाइ रोकियो। घर–परिवारको जिम्मेवारी आयो। क्रमशः तीन सन्तानकी आमा बनिन्। बाध्यता र परिस्थितिले पढाइ रोकिए पनि पढ्ने चाहना भने कहिल्यै मरेन।
बीचमा करिब १० वर्ष पढाइ रोकियो। तर इच्छाशक्ति जीवित थियो। १० वर्षपछि गोकुलेश्वर माध्यमिक विद्यालयबाट आईएड पूरा गरिन्। त्यसपछि पनि शिक्षाप्रतिको भोक मरेन। श्रीमान् रोजगारीका सिलसिलामा धनगढीमा हुनुहुन्थ्यो। हुर्किँदै गरेका छोराछोरीलाई अध्ययनका लागि धनगढी पठाइन् र आफू भने गोकुलेश्वर बहुमुखी क्याम्पसबाट बीएड पूरा गर्न सफल भइन्। अहिले पनि पढ्ने इच्छा उत्तिकै छ— मास्टर्स गर्ने सपना अझै जीवित छ।
शिक्षण पेशामा उनको यात्रा २०५६ सालबाट सुरु भयो। सुरुवातमा मालिकार्जुन आधारभूत विद्यालय थलामा निजी स्रोत शिक्षकका रूपमा नियुक्ति पाइन्। त्यसपछि तीन वर्षपछि जोगेउडा आधारभूत विद्यालय जोगेउडामा राहत कोटामा कार्यरत भइन्। त्यही विद्यालयमा उनले १८ वर्ष अध्यापन गराईन्।
पछि गोगाड आधारभूत विद्यालय मल्लोथलामा काज सरुवा भई दुई वर्ष प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हालिन्। हाल उनी पुनः अहिले मालिकार्जुन आधारभूत विद्यालयमा राहत शिक्षिकाका रूपमा कार्यरत छिन्।
शिक्षक सेवा आयोगको यात्रा भने सहज भएन। एसएलसीपछि लामो समय आयोग नै नखुल्ने अवस्था आयो। पछि खुल्दा पनि घरधन्दा, बालबच्चा र पारिवारिक जिम्मेवारीका कारण सफल प्राप्त गर्न सहज भएन। । तर, उनी भन्छिन्,‘अध्यापन संगै अध्यायन पनि जारी छ, अझै पनि एकपटक त सफल भइन्छ कि भन्ने आशा मरेको छैन।’
२५ वर्ष शिक्षण पेशामा बिताइसकेकी मानमती राहत शिक्षिकाको अवस्थाप्रति चिन्तित पनि छन्। उनी सरकारसँग माग गर्छिन,— सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्छ र स्थानीय र दुर्गम भत्ता सुनिश्चितताको व्यवस्था गर्नुपर्छ।
‘संघर्षले बनाएको सफल भविष्य’
डडेल्धुरा, असार २५ । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो ।
डडेल्धुरामा महिला नेतृत्व सशक्तिकरणका लागि सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न
डडेल्धुरा । नेपालमा महिलाको राजनीतिक नेतृत्व सशक्त बनाउन आयोजित सिकाई आदान प्रदान कार्यक्रम डडेल्धुरामा सफलतापूर्वक सम्पन्न भएको छ । अमरगढी
सकसपछिको संघर्षबाट सफलताको स्वाद चाखेका खडक महता
ममता भट्ट, डडेल्धुरा, चैत्र ९ : आजभोली बिद्याथीहरु गाउँमा छैनन् । गाउँलेहरु सहरिया भईसके सामुदायिक बिद्यालयकोे विशेषता भुलिसकेका छन् । गाउँलेहरुले
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस