रणबिर सिंह क्षेत्री ‘पुस महिनाको उत्कृष्ट प्रहरी’ घोषित

दार्चुला, माघ ४। जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी सहायक हवल्दार रणबिर सिंह क्षेत्रीलाई पुस महिनाको उत्कृष्ट प्रहरी  घोषणा गर्दै सम्मान गरेको छ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक  गौरव महतले एक कार्यक्रमका बीच प्रहरी सहायक हवल्दार क्षेत्रीलाई प्रमाणपत्रसहित पुरस्कृत गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यालयका अनुसार क्षेत्रीले पुस महिनाभर शान्ति–सुरक्षा कायम राख्न, सेवाग्राहीमैत्री व्यवहार देखाउन तथा जिम्मेवारीलाई अनुशासित र प्रभावकारी रूपमा निर्वाह गरेकाले उनलाई उत्कृष्ट प्रहरीका रूपमा चयन गरिएको हो।


कार्यक्रममा प्रहरी नायब उपरीक्षक महतले कर्तव्यनिष्ठ, इमानदार र सक्रिय प्रहरी कर्मचारीको योगदानले प्रहरी संगठनप्रति जनविश्वास बढ्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्तै कार्यसम्पादन अपेक्षा गरिएको बताउनुभयो। सम्मान प्राप्त गरेपछि प्रहरी सहायक हवल्दार क्षेत्रीले जिम्मेवारी अझ निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात

काठमाण्डौ, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात

चाडपर्वको बिदामा बालबालिकाको दैनिकी फेरिँदै, मोबाइलमा बढ्दै आकर्षण

डडेल्धुरा, कात्तिक १२ । दसैँ–तिहारका कारण विद्यालय बन्द भएपछि बालबालिकाको दैनिक जीवनशैली फेरिएको छ। नियमित पढाइमा व्यस्त रहने बालबालिका यतिबेला

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह

काठमाण्डौ, कात्तिक ११ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ । नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन

↑